Section 13
अनुमति सम्बन्धी व्यवस्था
(१) यस ऐन बमोजिम स्थानीय तहको अनुमति नलिई कसैले पनि फोहरमैला व्यवस्थापन सम्बन्धी काम गर्न वा गराउन सक्ने छैन ।
(२) फोहरमैला व्यवस्थापन गर्न चाहने स्वदेशी वा विदेशी कम्पनी, संस्था वा निकायले देहायको विवरण खुलाई अनुमतिको लागि सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछः–
(क) फोहरमैला व्यवस्थापन सम्बन्धी योजना,
(ख) फोहरमैला व्यवस्थापन सम्बन्धी आवश्यक जनशक्ति तथा प्रविधिको विवरण,
(ग) तोकिए बमोजिमको अन्य विवरण ।
(३) उपदफा (२) बमोजिम पर्न आएको निवेदन उपर सम्बन्धित स्थानीय तहले आवश्यक जाँचबुझ गरी अनुमतिपत्र दिन सक्नेछ ।
(४) फोहरमैलाको व्यवस्थापन, पुन चक्रीय प्रयोग, प्रशोधन र विसर्जनमा आवश्यक पर्ने प्रविधि स्वदेशमा उपलब्ध हुन नसक्ने देखिएमा त्यस्तो प्रविधि उपलब्ध गराउन सक्ने कुनै विदेशी कम्पनी, संस्था वा निकायलाई सम्झौतामा उल्लिखित अवधिभित्र त्यस्तो प्रविधि हस्तान्तरण गर्ने शर्तमा नेपाल सरकारको स्वीकृति लिई स्थानीय तहले उपदफा (३) बमोजिम अनुमतिपत्र दिन सक्नेछ ।
(५) अनुमतिपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।